राष्ट्रिय दैनिक /नवलपरासी ,१३ असाेज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रदीप कुमार अग्रहरी महाधिवेशन प्रतिनिधि (खुल्ला मधेसी )को उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्।
सरावल गाउँपालिका–३, पिपरा निवासी अग्रहरी लामो समयदेखि कांग्रेसको संगठन तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। स्थानीयस्तरमा कार्यकर्ता तथा शुभेच्छुकसँग निरन्तर सम्पर्कमा रहँदै आएका उनले पार्टी संगठनलाई थप सुदृढ र गतिशील बनाउने प्रतिबद्धतासहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताएका छन्।
अग्रहरिले राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूल आदर्शलाई आत्मसात गर्दै पार्टीभित्र युवाको सक्रिय सहभागिता, संगठन सुदृढीकरण र कार्यकर्ताको आवाजलाई प्राथमिकतामा राख्ने बताएका छन्।
निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गतका क्षेत्रीय प्रतिनिधिहरूसँग भेटघाट तथा संवादलाई तीव्र बनाउँदै अग्रहरीले आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गराउन अपिलसमेत गरेका छन्।
स्थानीय तहदेखि पार्टी संगठनमा सक्रिय अग्रहरिको उम्मेदवारीसँगै निर्वाचन क्षेत्र नम्बर–२ को कांग्रेस अधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि प्रतिस्पर्धा थप रोचक बनेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

