राष्ट्रिय दैनिक / नवलपरासी ,१३ असाेज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक परिणामअनुसार महिला खुलातर्फ कमला पराजुली तिवारी ५२२ मतसहित सर्वाधिक मत प्राप्त गर्ने उम्मेदवार बनेकी छन्।
क्षेत्र नं. १ अन्तर्गत विभिन्न पद तथा समावेशी समूहमा भएको निर्वाचनबाट खुला, महिला, दलित, थारु, मुस्लिम, खस–आर्य, श्रमिक, पेसागत, प्रजातन्त्र सेनानी तथा युवा समूहका प्रतिनिधि निर्वाचित भएका छन्।
खुला समूहबाट विश्वप्रेम पाठक ४६७, मुकुल कुमार आचार्य ४०३, लालबहादुर गुरुङ ३६६, जन्मेजय यादव २८७, ज्ञानु अर्याल २८०, ऋषिदेव दास २४४, कुलदिप आचार्य २३०, प्रभुनाथ यादव अहिर २२९, हरेन्द्र यादव (अहिर) २१९ र विस्मिला जोल्हा २०६ मतसहित निर्वाचित भएका छन्।
महिला खुलातर्फ कमला पराजुली तिवारी ५२२, बिमला ढुंगाना ३९१, शोभा मल्ल ३९१ र लोमा कुमारी खनाल ३६७ मतसहित निर्वाचित भएका छन्।
यस्तै दलित खुलातर्फ गणेश विश्वकर्मा ३७०, थारु खुलातर्फ महेन्द्रबहादुर थारु चौधरी २१९, थारु महिलातर्फ रीता फौजदार ३०९ र मुस्लिमतर्फ करिम दिन शेष ४३६ मतसहित निर्वाचित भएका छन्।
प्रदेशसभा ‘क’ को सभापतिमा सुरज केसी २५६ मत तथा उपसभापतिमा नरबहादुर थापा ‘नरेन’ २०२ मतसहित निर्वाचित भएका छन्। सचिवमा सरोज थापा ३१२ र सहसचिव खुलातर्फ प्रभन्स अहिर २२९ मतसहित निर्वाचित भएका छन्।
खस–आर्य महिलातर्फ मञ्जु चालिसे ३०७, खस–आर्य खुलातर्फ टेकनारायण उपाध्याय २४५, श्रमिकतर्फ रितमान कामु मगर ४३८, पेसागततर्फ रामप्रसाद जोशी ४७० तथा प्रजातन्त्र सेनानीतर्फ मुरलीकृष्ण खनाल ३७३ मतसहित निर्वाचित भएका छन्।

खुला युवा समूहबाट गणेश भट्टराई २७८ र सागर बि.क. २४१ मतसहित निर्वाचित भएका छन्।
मतपरिणाम सार्वजनिक गर्दै निर्वाचन अधिकृत अधिवक्ता प्रकाश न्यौपानेले निर्वाचनबाट विभिन्न पद तथा समूहका उम्मेदवार निर्वाचित भएको जानकारी दिनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

