राजन कुमार बानिया /पर्सा, १२ असोज
पर्साको जगरनाथपुर गाउँपालिकामा सरुवा भई आउनुभएका नयाँ प्रमुख प्रशासकीय अधिकृत सुनील केशरीलाई आज एक कार्यक्रमबीच स्वागत गरिएको छ। सोही अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवलाई बिदाइ गरिएको हो।
गाउँपालिका अध्यक्ष श्रीकान्त यादव र उपाध्यक्ष बबिता देवी लगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा नयाँ प्रमुख प्रशासकीय अधिकृत केशरीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रममा बिदाइ हुनुभएका सन्देश यादवको आगामी कार्ययात्राको सफलताको कामना गर्दै उहाँले गाउँपालिकाको प्रशासनिक तथा सेवा प्रवाहमा पुर्याउनुभएको योगदानको प्रशंसा गरिएको थियो।
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत सुनील केशरीलाई गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन सफल हुनुहोस् भन्दै अध्यक्ष यादव, उपाध्यक्ष बबिता देवीलगायतले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

