Rashtriya Dainik

खाजाको नाममा विद्यार्थीलाई मकैको बुट्टा

राष्ट्रिय दैनिक / नवलपरासी , १२ असार

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-५ गेरमीस्थित राजनारायण माध्यमिक विद्यालयमा विद्यार्थीलाई खाजाको नाममा एक–एक मुठी मकैको बुट्टा वितरण गरिएको पाइएको छ।

पौष्टिक तथा गुणस्तरीय खाजा उपलब्ध गराउनुपर्ने विद्यालयमा मकैको बुट्टा वितरण गरिएको दृश्य सार्वजनिक भएपछि खाजा व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ।

विद्यार्थीको स्वास्थ्य र पोषणसँग जोडिएको खाजा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा यस्तो अवस्था देखिनुले विद्यालय प्रशासन तथा सम्बन्धित स्थानीय तहको अनुगमनमाथि समेत प्रश्न उठाएको छ।

घटनाबारे छानबिन गरी विद्यार्थीलाई मापदण्डअनुसार गुणस्तरीय खाजा उपलब्ध गराउनुपर्ने माग उठेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित