बिनोद निगम / नवलपरासी,१२ असाेज
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-८गंगापुर अडारेटोलबाट प्रहरीले ५७ किलो ६ सय ग्राम गाँजा बरामद गरेको छ। धान राख्ने माटोको भकारीभित्र लुकाएर राखिएको अवस्थामा प्रहरीले उक्त गाँजा बरामद गरेको हो।
गाँजा लुकाएर राखिएको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ करिब ५ बजे स्थानीय चम्पा गुप्ताको घर तथा आसपासमा तलासी लिएको थियो। सो क्रममा घरको अगाडितर्फ पश्चिममा रहेको धान राख्ने माटोको भकारीभित्र १० वटा बोरामा लुकाइछिपाई राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गाँजाको कुल तौल ५७ किलो ६ सय ग्राम रहेको छ। घटनामा संलग्न रहेको आरोपमा करिब ६८ वर्षीया चम्पा गुप्ता तेलीलाई नियन्त्रणमा लिइएको छ। उनलाई इलाका प्रहरी कार्यालय बेलाटारीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन थापाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

