Rashtriya Dainik

नवलपरासी–२ कांग्रेस अधिवेशन : भोलि उम्मेदवारी दर्ता, बुधबार मतदान

राष्ट्रिय दैनिक /नवलपरासी,१२ असाेज

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पश्चिम नवलपरासी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ को अधिवेशन प्रक्रिया अघि बढेको छ। अधिवेशनका लागि भोलि उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ।

निर्वाचन कार्यतालिकाअनुसार आज मतदाताको नामावलीलगायत आवश्यक प्रक्रिया पूरा गरिएको छ। त्यसपछि भोलि उम्मेदवारहरूको मनोनयन दर्ता गरिने र असोज १४ गते बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन अधिकृत लक्ष्मण यादवले जानकारी दिनुभयो।

निर्वाचन अधिकृत यादवका अनुसार निर्धारित कार्यतालिकाअनुसार नै निर्वाचन प्रक्रिया अघि बढाइनेछ। मतदानपछि आवश्यक प्रक्रिया पूरा गरी निर्वाचन परिणाम सार्वजनिक गरिने जनाइएको छ।

क्षेत्र नम्बर–२ को अधिवेशनलाई कांग्रेसभित्र नयाँ नेतृत्व चयनका लागि महत्वपूर्ण रूपमा हेरिएको छ। उम्मेदवारी दर्तासँगै क्षेत्रीय नेतृत्व तथा प्रतिनिधिका लागि प्रतिस्पर्धामा रहेका नेताहरूको औपचारिक तस्वीरसमेत स्पष्ट हुने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित