काठमाण्डौ ,११ असाेज
असोज कृष्ण प्रतिपदा अर्थात् आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष विधिवत् रुपमा शुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेका पात्रोअनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्नेछ ।
धर्मशास्त्रविद्का अनुसार सोह्र श्राद्ध दिउँसोको समयमा पितृको तिथिअनुसार तर्पण, सिदादान र पिण्डदान गरी गर्नुपर्ने शास्त्रीय विधान छ ।
असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवङ्गत पितृलाई सम्झेर श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो । कारणवश तोकिएको तिथिमा श्राद्ध गर्न नसके असोज कृष्ण औँसीदेखि असोज शुक्ल पञ्चमीसम्म तथा त्यसपछि अष्टमी, द्वादशी र औँसीलगायतका विशेष तिथिमा गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद्हरूले बताएका छन् ।
पितृ पक्ष सकिएसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ शुरु हुने भएकाले दसैँअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहेको छ । यस वर्ष अधिकमासका कारण सोह्र श्राद्ध र बडादसैँ केही ढिला परेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

