Rashtriya Dainik

नारायणीमा पानीको सतह ह्वात्तै बढ्यो, सुस्तामा २ सय बिघा जमिन कटान

आरपि उपाध्याय / नवलपरासी ,११ असाेज

गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ।

नारायणी नदीमा आएको बाढीले विनयी त्रिवेणी ७ (नवलपुर) स्थित नेपाल भारत अन्तर्राष्ट्रिय सिमानामा रहेको गण्डक ब्यारेज पुलको सबै ढोका खोलिएको गण्डक नदी नियन्त्रण कार्यालय भारत विहार भैसालोटनले जानकारी दिएको छ ।

नदीमा पानीको बहाव ह्वात्तै बढेपछि शनिबार साँझ ६ बजेको समयमा नदीमा ३ लाख १५ हजार क्युसेक पानी बहाव रहेको जलमापन केन्द्रमा कार्यरत प्राविधिकले जानकारी दिएका छन।
नारायणी नदीमा बढेको पानीको बहावबाट हुन सक्ने क्षति रोक्न जिल्ला प्रशासन कार्यालय नवलपुरले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई सतर्क अवस्थामा रहन आग्रह गरेको छ भने विनयी त्रिवेणी ६ र ७ मा नेपाल प्रहरी र सशस्त्र प्रहरीले माइकिङ गरी सबैलाई सुरक्षित रहन अपिल गरेको थियो।

उता नारायणी नदीमा आएको बाढीले नारायणी नदी पारीको सुस्ता टोलमा खेतीयोग्य जमीन कटान गर्ने कार्य जारी नै राखेको छ।
पछिल्लो समय यता नदीले सुस्तामा २ सय बिगाहा जमीन कटान गरिसकेको छ भने सुस्ताका नागरिकहरुलाई बाढीबाट उद्दार गरि आश्रय स्थलमा राखिएको सशस्त्र प्रहरी बल २६ न. गणले जानकारी दिएको छ।
सुस्तामा १५० भन्दा बढी घर डुबानमा परेको छ भने डुबानमा परेका नेपालीलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले पानीबाटै उद्दार गरेको थियो।
नारायणी नदीमा आएको बाढीले नदी पारीको सुस्ता पुग्न बनाइएको झोलुङ्गे पुल देखि पश्चिमतर्फको इलाका पनि डुबानमा परेको छ।
सुस्ताको झोलुङ्गे पुल पुग्न ३ फिट पानी तर्नुपर्ने हुँदा सुस्ता गाउँपालिका वडा न.५ को वडा कार्यालयले ट्र्याक्टरको व्यवस्था गरी झोलुङ्गे पुलसम्म आउन र जान प्रबन्ध मिलाएको पनि सशस्त्र प्रहरी बल नेपाल २६ न. गणका गणपति गोबिन्द बहादुर खातीले जानकारी दिएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित