राष्ट्रिय दैनिक /नवलपरासी,१० असाेज
पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ स्थित गोबरहियादेखि धनगढवा जाने सडकमा कृषि प्रयोजनका लागि जडान गरिएको विद्युत् पोल ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको छ।
विद्युत् पोल सडक क्षेत्रमा ढलेका कारण उक्त क्षेत्रको विद्युत् लाइन अवरुद्ध हुनुका साथै सडक आवागमनमा समेत समस्या उत्पन्न भएको स्थानीयले बताएका छन्।
पोल ढलेपछि विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा प्रभावित भएका छन्। विद्युत् पोल तत्काल हटाई लाइन मर्मत तथा विद्युत् सेवा पुनः सञ्चालन गर्न सम्बन्धित निकायले पहल गर्नुपर्ने स्थानीयको माग छ।
स्थानीयका अनुसार पोल ढलेको घटनापछि सम्बन्धित निकायलाई जानकारी गराइएको छ। विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आवश्यक मर्मत तथा पुनःस्थापनाको काम गरेपछि मात्र सेवा नियमित हुने बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

