Rashtriya Dainik

भक्सिपुर झरही पुलमा बाढी, आवतजावत कठिन

बिनोद निगम / नवलपरासी , ११ असोज

लगातारको वर्षाका कारण पश्चिम नवलपरासीको परासी–महेशपुर सडकखण्डअन्तर्गत पाल्हीनन्दन गाउँपालिका–२, भक्सिपुरस्थित झरही पुलमा पानीको बहाव बढेको छ।

पानीको बहाव बढेपछि पुलमाथिबाट बाढी बग्न थालेको छ। बाढीका कारण उक्त सडकखण्डमा सवारीसाधन तथा पैदलयात्रुको आवतजावत कठिन बनेको छ।

पुलमाथि पानीको बहाव बढ्दै गएपछि यात्रु तथा स्थानीयवासीलाई जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था आएको छ। स्थानीयले बाढीको अवस्था हेरेर सावधानी अपनाउन आग्रह गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित