राष्ट्रिय दैनिक /नवलपरासी ,६ असाेज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पश्चिम नवलपरासीको सरावल गाउँपालिका अधिवेशनमा गाउँपालिका सभापति पदका लागि दुई जना आकांक्षी देखिएका छन्।
सभापति पदमा नेपाली कांग्रेस सरावलका पूर्व उपसभापति महेन्द्र चौधरी र सरावल गाउँपालिका–४ का दुई कार्यकाल वडा सभापति रहिसकेका जन्मेजय यादवले दाबी प्रस्तुत गरेका छन्।
चौधरी लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका नेता हुन् भने यादवले वडा तहको नेतृत्व सम्हाल्दै संगठन निर्माणमा भूमिका निर्वाह गरेका छन्। दुवै नेताले पालिका नेतृत्वका लागि आफ्नो दाबी अघि सारेपछि सरावल कांग्रेसको अधिवेशनमा नेतृत्व चयनलाई चासोका साथ हेरिएको छ।
सरावल गाउँपालिकामा वडा नं. १ देखि ७ सम्म गरी सात वटा वडा रहेका छन्।
अब हुने पालिका अधिवेशनबाट सभापतिसहित नयाँ नेतृत्व चयन हुनेछ। दुई आकांक्षीबीच सहमति जुट्छ वा निर्वाचनमार्फत नेतृत्व चयन हुन्छ भन्ने विषयले सरावल कांग्रेसभित्र थप चासो बढाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

