राष्ट्रिय दैनिक /नवलपरासी ,६ असाेज
नेपाली कांग्रेसका नेता तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल पार्टीको महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्।
नेपाली कांग्रेसको जारी वडा अधिवेशनअन्तर्गत पश्चिम नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२, पाल्हीनन्दन गाउँपालिका वडा नम्बर–१ बाट कँडेल क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका हुन्।
कँडेललाई नेपाली कांग्रेस निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्रसमेत प्रदान गरेको छ। उनीसँगै सम्बन्धित वडाबाट अन्य क्षेत्रीय प्रतिनिधिहरू पनि निर्विरोध चयन भएका छन्।
क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएसँगै कँडेलको कांग्रेसको आगामी महाधिवेशन प्रक्रियामा सहभागिता सुनिश्चित भएको छ।
कँडेल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन्। उनले यसअघि प्रतिनिधिसभा सदस्य तथा पूर्वगृहराज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
पाल्हीनन्दन गाउँपालिका–१ बाट क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएपछि कँडेलको आगामी पार्टी महाधिवेशनमा भूमिका र सक्रियताबारे कांग्रेसभित्र चासो बढेको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

