Rashtriya Dainik

पर्सामा १०० किलो प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा बरामद, खाल्डोमा पुरेर नष्ट

राजन कुमार बानियाँर /पर्सा, २ असोज

पर्साको पकाहाँमैनपुर गाउँपालिका–५, सबैठवाबाट सशस्त्र प्रहरीले अवैध रूपमा नेपाल भित्र्याइएको १०० किलो प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म लहावरथरीबाट डीएसपी प्रदीप बस्नेतको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा सञ्चालन गरेको गस्तीका क्रममा गाउँ नजिकैबाट उक्त कुखुरा नियन्त्रणमा लिएको हो।

बरामद कुखुरा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा सञ्चारकर्मीको रोहबरमा खाल्डो खनी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

डीएसपी प्रदीप बस्नेतका अनुसार सीमा क्षेत्रमा हुने अवैध पशुपन्छी तथा अन्य वस्तुको ओसारपसार नियन्त्रण गर्न नियमित गस्ती र निगरानीलाई थप प्रभावकारी बनाइएको छ।

उनले विशेष सूचनाका आधारमा समेत सीमा क्षेत्रमा निगरानी बढाइएको र अवैध गतिविधि नियन्त्रणका लागि आवश्यक कारबाहीलाई निरन्तरता दिइने बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित