काठमाडौं ,२ असाेज
नेपाली कांग्रेस १५औँ महाधिवेशनको तयारीमा जुटेको छ। कांग्रेसले शनिबार र आइतबार देशभर वडा अधिवेशन गर्दैछ।
वडा अधिवेशनबाट वडा कार्यसमिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन्। देशभरका ६ हजार ७४३ वडाबाट ३३ हजार ७१५ पदाधिकारी र ५१ हजार ७१९ सदस्य गरी ८५ हजार ४३४ जना निर्वाचित हुनेछन्।
क्रियाशील सदस्यताको आधारमा प्रत्येक वडाबाट २३ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने कांग्रेसले जनाएको छ। क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्नेछन्।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार अधिकांश वडामा निर्वाचन अधिकृत पुगिसकेका छन्। बाढी प्रभावित क्षेत्रमा स्थानीय कार्यकर्तासँगको समन्वयमा केही दिन अधिवेशन ढिला हुन सक्ने बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

