वीरगञ्ज ,२८ भदौ । छठ पूजा व्यवस्थापन समिति, स्विमिङ पुल परिसर वीरगञ्जको अध्यक्षमा नन्दु ठाकुर निर्वाचित हुनुभएको छ।
समितिको निर्वाचनमा ठाकुरले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २० मतको अन्तरले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।
निर्वाचनबाट समितिको उपाध्यक्ष, कोषाध्यक्ष, सचिवलगायत विभिन्न पदमा पदाधिकारीसमेत चयन भएका छन्। उपाध्यक्षमा ज्ञानेन्द्र सराफ, विष्णुबहादुर घर्ती र राजेश प्रजापति चयन हुनुभएको छ।
त्यस्तै, कोषाध्यक्षमा सोहेन्द्र यादव, सह–कोषाध्यक्षमा अनिलकुमार दास, सचिवमा सुभाष महर्जन र सह–सचिवमा जितेन्द्र सर्राफ चयन हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष ठाकुरले स्विमिङ पुल परिसरमा छठ पर्वलाई व्यवस्थित, सुरक्षित र भव्य रूपमा सम्पन्न गर्न सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
समितिले छठ पर्वको तयारीसँगै घाट व्यवस्थापन, सरसफाइ, सुरक्षा तथा श्रद्धालुहरूको सुविधालाई प्राथमिकतामा राखेर आवश्यक काम अघि बढाउने जनाएको छ।वैकल्पिक छोटो र
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

