काठमाडौं ,२८ भदौ । सुनजस्तो देखिने पहेँलो धातु देखाएर १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ का अनिष थापालाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट परिचालित टोलीले शनिबार टोखा नगरपालिका–९, मिलनटोलस्थित एक गेस्ट हाउसबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार थापा यसअघि करणी कसुरमा नक्खु कारागारमा सजाय भोगिरहेका बेला २०८२ भदौ २४ गते कारागारबाट फरार भएका कैदी हुन्। फरार रहेकै अवस्थामा उनले नक्कली सुनजस्तो देखिने पहेँलो धातु देखाएर ठूलो रकम ठगी गरेको प्रहरीको आरोप छ।
यसैबीच, प्रहरीले स्रोत नखुलेको १३ लाख ७५ हजार रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ का युवराज घतानीलाई पनि पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार घतानी स्कुटरमा केशरमहलतर्फ गइरहेका बेला शंका लागेर खानतलासी गर्दा उक्त रकम फेला परेको थियो।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

