आरपी उपध्याय / नवलपरासी
श्री कृष्ण प्रणामी युवा परिषद नेपालको पाचौं वार्षिक साधारणसभा पुर्वी नवलपरासीको त्रिवेणी धाममा एक कार्यक्रमका बिच सम्पन्न भएको छ।
साधारणसभामा गण्डकी, लुम्बिनी प्रदेश समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
सो अवसरमा प्रदेश कार्यसमितिका अध्यक्ष युवराज बरालको अध्यक्षतामा साधारणसभाका प्रमुख अतिथि केन्द्रिय सदस्य प्रह्लाद लम्सालले धर्मको रक्षा गरेमा धर्मले पनि हाम्रो रक्षा गर्ने बताउदै संघ,प्रदेश र स्थानीय सरकार संग समन्वय गरेर भौतिक पुर्वधार बलियो बनाउन सकिने धारणा राख्नुभयो।
लम्सालले सम्पुर्ण कृष्ण प्रणामी परिवार उभिएर गरिने कुनै पनि कार्यक्रम फलदायी रहने जिकिर गर्नुभएको थियो।
कार्यक्रममा श्री कृष्ण प्रणामी सेवा समितिका विभागीय सदस्य मुरली कृष्ण खनालले सबभन्दा ठूलो अंग शिर हो,त्यसपछि चरण पनि हो,शिर,चरण र बौद्धिक क्षमतालाई प्रयोग गरेर युवा परिवारले लिएको महाकामना पूरा गर्न सकिने बताए। छोटो समयमा कम रकमले सम्पन्न कार्यले सम्पुर्णमा नयाँ उर्जा बढेको पनि उहाँले धारणा राख्नुभयो।
साधारणसभामा कृष्ण प्रणामी सेवा समिति त्रिवेणी मन्दिरका पिठाधिस चिरञ्जीवी दासले मन्दिर निर्माण लगायत कार्य सबैको प्रयासबाट नै गति लिएको बताउदै लक्ष्य,उद्देश्य पवित्र भावना अनुसार भएकोले त्यहीँ पवित्रताले गन्तव्यमा पुग्न सकिने बताउनु भएको थियो।
साधारणसभामा सञ्चारकर्मी आर.पि. उपाध्याय,शोभा श्रेष्ठ लगायतले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभयो।
सो अवसरमा अध्यक्षको प्रतिवेदन,आर्थिक प्रतिवेदन र धार्मिक क्रियाकलाप पनि प्रस्तुत गरिएको कार्यक्रम सञ्चालक प्रदीप चौलागाईंले जानकारी दिनुभयो।
कार्यक्रममा नवलपरासी,रुपन्देही,पाल्पा, गुल्मी,स्याङ्जा लगायत जिल्लाबाट प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
साधारणसभामा २०८२ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने कृष्ण प्रणामी परिवारका दुई छात्रछात्राहरुलाई सम्मानित गरिएको आयोजकले बताएको छ।
सम्मानित हुने विद्यार्थीहरुमा तनहुँकी छात्रा राधा दाहाल र लमजुङका छात्र स्वर्ण लामिछाने रहनु भएको बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

