काठमाडौं
नेवाः स्यनामि दबूको आयोजनामा तथा काठमाडौं महानगरपालिका २२ वडाको सहकार्यमा अनिवार्य अवकाश लिनुपर्ने ६० बर्ष नाघेका नेपालभाषा प्रशिक्षक सहायकको सम्मानजक विदाई कार्यक्रमको आयोजना गरिएको छ ।
नेवाः सांस्कृतिक छेँ पुरानो भंसारमा आइतबार भएको कार्यक्रममा नेपालभाषा प्रशिक्षाक सहायकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्व गराएकोमा शिक्षा विभाग, काठमाडौं महानगरपालिकालाई धन्यवाद व्यक्त गरिएको थियो ।
सो कार्यक्रममा नेवाः स्यनामि दबूका सचिव बरूण श्रेष्ठले काठमाडौं महानगरपालिकाका नेपालभाषा शिक्षकहरुका लागि सामाजिक सुरक्षा कोष व्यवस्था भएकोमा खुशी व्यक्त गर्दै उनले स्थायी हुन लागेको जनाउँदै अबको बाटो थायी गराउने तिर लाग्नु पर्ने धारणा राखे । उनले पद्म कन्या क्याम्पसमा नेपालभाषा विषयकाे कक्षा सञ्चालन गर्न १० जना विध्यार्थीहरू आवश्यक रहेकाले बिए. तह. मा भर्ना हुन अनुरोध गर्नु गरे ।
सो कार्यक्रममा अवकाश लिएका नेपालभाषा शिक्षकहरु राधेश्याम महर्जन, कृष्ण प्यारी श्रेष्ठ, हसना मैया बज्राचार्य , रमा शाक्य, भावना वैद्य, रिता अमात्य र तारा श्रेष्ठलाई अवकाश प्राप्त भएकोमा सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा अवकाश प्राप्त नेपालभाषा शिक्षक राधेश्याम महर्जनले हामीले २०७८बैशाख १ गतेदेखि नेपालभाषा सहायक प्रशिक्षकमा नियुक्त भई इम्मान्दारीपूर्वक कर्तव्य पालना गरेका छु हामीले यात्राका क्रम धेरै कुरा सिक्ने र सिकाउने अवसर पाएकाे धारणा राखे ।
अतिथीका रुपमा पाल्नु भएका कामपाका शिक्षा अधिकृत नेत्र प्रसाद पौडेलले नेपालभाषाका शिक्षकका लागि सामाजिक कोषमा आबद्ध हुनु भएको बढाई दिदै नेपालभाषाको स्थायी दरबन्दी प्रकृयासम्म लान प्रयासरत छु । नेपालभाषा शिक्षकले जुन याेगदान दिनु भएकाे छ सधैँ सम्झी रहने धारणा राखे ।
कार्यक्रममा भर्खरै बित्नु भएका जनकवि दुर्गालाल श्रेष्ठको गीत गायककाे देशभक्त झी झीगु निम्ति मखुसां नेपालया निम्ती गीत गायक पवित्र कंसा तथा सुमित्रा महर्जनले संयुक्त रूपमा गाएर सुनाएका थिए ।
कार्यक्रमका अतिथी नेवाः देय दबुका सचिव श्रीजनमान श्रेष्ठले स्कुलमा नभई नेपालभाषाको आकर्षण बढाउन घर-घरमा प्रचार प्रसार गरिनु धारणा राख्दै नेपालभाषा अध्यापन समायनुकूल बी.ए. तथा एम. ए. अध्यापन गर्न अनुराेध गरे । नेपालभाषाका शिक्षकहरूले देश, समाज बनाउनुमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जाेड दिए ।
कार्यक्रममा प्रमुख अतिथीका रूपमा पाल्नु भएका कामपा वडा २२ वडाका अध्यक्ष चिनीकाजी महर्जनले देशमा आर्थिक, सामाजिक रुपमा विविधत भएकाले अझै पनि सांस्कृतिक, जातीय विभेदपूर्ण छ । उनले नेपालभाषामा कविता लेखेकै कारण राणाहरूले युगकवि सिद्विचरण श्रेष्ठलाई सर्वस्वहरण सहित जेल कैद हुनु परेको सुनाए ।
नेवाः स्यनामि दबुका अध्यक्ष रितेश मल्लले संगठन भनेको शक्ति हाे हाम्राे अधिकार लिनका लागि हामी एउटै ठाउँमा उभिनु जरुरी बताउँदै कार्यक्रम सफल बनाउन सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

