बारा ,२४ भदौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित वडा कार्यालय नजिकै पूर्व–पश्चिम राजमार्गबाट लागूऔषध ट्रामाडोलसहित एक युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा जाँच गर्ने क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकी जाँच गरिएको थियो। सो क्रममा बसको हुड र्याकमा रहेका दुईवटा झोला फेला परेपछि प्रहरीले ती झोलाको जाँच गरेको थियो।
जाँच गर्दा झोलाभित्र लागूऔषध ट्रामाडोल हाइड्रोक्लोराइडका १८ हजार ३०० थान क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ।
उक्त लागूऔषधसहित पर्साको वीरगन्ज महानगरपालिका–१६ निवासी अन्दाजी १९ वर्षीय आनन्द चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका चौरसियामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

