Rashtriya Dainik

मोटरसाइकलको डिक्कीमा लुकाइएको २ किलो ८० ग्राम चरेससहित युवक पक्राउ

राजन कुमार बानिया /पर्सा, २४ भदौ ।

भारतको इनार्वा बजारस्थित छठियाघाट नजिकबाट भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले २ किलो ८० ग्राम चरेससहित एक युवकलाई पक्राउ गरेको छ।
एसएसबीको ४७औँ बटालियनका अनुसार गोप्य सूचनाका आधारमा छठियाघाट नजिक सवारीसाधन जाँच गर्ने क्रममा शंकास्पद अवस्थामा रहेको एउटा मोटरसाइकल रोकेर चेकजाँच गरिएको थियो। चेकजाँचका क्रममा मोटरसाइकलको डिक्कीमा लुकाएर राखिएको अवस्थामा २ किलो ८० ग्राम चरेस बरामद भएको हो।
पक्राउ पर्नेमा बलथर थाना क्षेत्र निवासी धुरेन्द्र राउतका छोरा विकास कुमार रहेको एसएसबीले जनाएको छ।
एसएसबीले चरेससहित तस्करीमा प्रयोग भएको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका युवक, बरामद चरेस तथा मोटरसाइकललाई थप कानुनी कारबाहीका लागि इनार्वा प्रहरीलाई बुझाइएको एसएसबीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित