राजन कुमार बानियाँ, पर्सा, ७ भदौ।
सशस्त्र प्रहरी बल नेपालले पर्साको छिपहरमाई गाउँपालिका–५ स्थित भिस्वा नाकाबाट करिब ५ किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई मोटरसाइकलसहित पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल बीओपी भिस्वाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकलको इन्धन ट्याङ्की र सिटमुनि लुकाएर राखिएको अवस्थामा करिब पाँच किलोग्राम गाँजा जस्तो देखिने प्रतिबन्धित पदार्थ फेला पारेको हो।
लागुऔषध बरामद भएपछि मोटरसाइकलमा सवार दुवै भारतीय नागरिकलाई तत्काल नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै व्यक्ति, बरामद लागुऔषध तथा मोटरसाइकललाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) मोहनराज निरौलाले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

