Rashtriya Dainik

अण्डाको मूल्य हालसम्मकै उच्च

काठमाडौं ,७ भदौ :

बजारमा उत्पादन घट्दै जाँदा अण्डाको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल लेयर्स कुखुरापालक संघका अनुसार बर्डफ्लु, गर्मी र उत्पादन लागत वृद्धिका कारण देशभर करिब १३ लाख लेयर्स कुखुरा नष्ट भएपछि अण्डाको मूल्य आकाशिएको हो।

संघका सचिव मदन पोखरेलका अनुसार गत साउन ६ गतेको तुलनामा एक महिनामै अण्डाको भाउ प्रतिक्रेट ७५ रुपैयाँसम्मले बढेको छ।

हाल एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५ सय ९० रुपैयाँ, ठूलो अण्डाको ५ सय ७५ रुपैयाँ, मिडियम अण्डाको ५ सय २० रुपैयाँ र सानो अण्डाको मूल्य ४ सय ४८ रुपैयाँ पुगेको छ। यसअघि अण्डाको भाउ प्रतिक्रेट ५ सय ७० रुपैयाँभन्दा माथि गएको थिएन। पहिले दैनिक २८ हजार कार्टुन अण्डा उत्पादन हुने गरेकोमा अहिले घटेर २२ हजार कार्टुनमा सीमित भएको छ।

चल्लाको अभाव, ह्याचरी उद्योगहरू बन्द हुनु र बर्डफ्लुका कारण किसानहरूले नयाँ चल्ला राख्न नसक्दा उत्पादन प्रभावित बनेको हो। नेपाल ह्याचरी उद्योग संघका महासचिव नवराज पौडेलका अनुसार दुई वर्षअघि ३५४ वटा सञ्चालनमा रहेका ह्याचरी उद्योग हाल घटेर ११० मा झरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित