Rashtriya Dainik

रसुवामा भालुको खुट्टासहित दुई युवक पक्राउ

रसुवा,२७ साउन

रसुवामा भालुको खुट्टासहित दुई युवक पक्राउ परेका छन्। गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेस्थित पासाङल्हामु राजमार्गबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक डिल्लीराज सापकोटाका अनुसार पक्राउ पर्नेमा आमाछोदिङ्मो गाउँपालिका–५ का २९ वर्षीय गोम्बो तामाङ र वडा नम्बर ३ का २४ वर्षीय तोप्देन तामाङ रहेका छन्।

मंगलबार गत्लाङबाट त्रिशूलीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७८३ नम्बरको टिपरको हाइड्रोलिक पाइपमुनि रातो डोरीले बाँधेर राखिएको अवस्थामा भालुको खुट्टा बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज, धुन्चेमा बुझाइएको प्रहरीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित