राष्ट्रिय दैनिक /नवलपरासी ,९ असाेज
विद्यार्थीका लागि सुरक्षित र गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले नित्यानन्द माध्यमिक विद्यालयमा दाताहरुको सहयोगमा नयाँ भवन निर्माण अघि बढाइएको छ।
विभिन्न सामाजिक संस्था, चौधरी फाउन्डेसन र विद्यालयको लागत सहभागितामा विद्यालय भवनको लायन ईन्टरनेशनल एल.सि.आई एम .एरिया लिडर अरुण प्रसाद रानाले भवन निर्माणको शिलान्यास गरेका हुन ।आफुहरुको सस्थाले शैक्षिक क्षेत्रमा समेत बिगत देखि नै काम गर्दै आईरहेको उल्लेख गर्दै रानाले विद्यालयको पुर्वाधार निर्माणमा उक्त सहयोग ठुलो भएको बताए ।
भवन निर्माणका लागि लायन्स क्लव अफ बुटवल, लायन्स क्लव अफ बुटवल तिलोत्तमा र चौधरी फाउन्डेसनको लागत साझेदारीमा भवन निर्माण हुने भएको जनाईएको छ ।
भवन निर्माणका लागि लायन्सले ७९ लाख ९१ हजार रुपैयाँ ब्योहोर्ने छ भने चौधरी फाउन्डेसनले शुद्ध खानेपानी ब्यवस्थापन,स्मार्ट बोर्ड जडान र कम्प्युटर ल्याबका लागि १२ लाख ३५ हजार रुपैयाँ ब्योहोर्ने भएको फाउन्डेसनकि सचिव सारिका चौधरीले जानकारी दिईन ।त्यसै गरी भवनमा आवश्यक फर्निचरका लागि स्वयं विद्यालयले समेत १२ लाख ३५ हजार रकम छुट्याउने बताईएको छ ।

परियोजना अघि बढाउन नवलपरासी १ का पूर्व माननीय विनोद कुमार चौधरीको विशेष पहल रहेको फाउन्डेसनकि सचिव चौधरीले बताईन ।
विभिन्न संस्था, विद्यालय र सामाजिक क्षेत्रका व्यक्तिहरूबीचको सहकार्यबाट अघि बढाइएको यस परियोजनाले विद्यार्थीका लागि थप व्यवस्थित, सुरक्षित र अनुकूल अध्ययन वातावरण निर्माणमा योगदान पुर्याउने विश्वास लिइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

