Rashtriya Dainik

हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन : साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ 

कृष्णा यादव /पर्सा ,२६ साउन

प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर –१० आदर्शनगरबाट स्रोत नखुलेको नगद ५२ लाख ५० हजार रूपियाँसहित  भारतीय नागरिक समेत४जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सोमबार साँझ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले प्र २-०३-००३ प ७२१५ नम्बरको  कालो रङ्गको सुपर स्पलेण्डर र ना ५७ प ५१८२ नम्बरको यामाहा कम्पनिको fz मोटरसाइकललाई रोकी चेकजाँच गर्दा  उक्त नगद फेला पारेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेमा भारत बिहारका सितामढी थाना डूमरा वडा नम्बर ६ बस्ने बर्ष २६ को सुरज कर्ण,बाराको प्रसौनी वडा नम्बर १ बस्ने बर्ष ३२ को उपेन्द्र साह,सो वडाको सागर कुमार सराफ र पर्सा बिन्दवासिनी गाऊपालिका झौवागुठी बस्ने राहुल गुप्ता  उनीहरूलाई स्रोत नखुलेको रकमसहित प्रहरीले पक्राउ गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित