Rashtriya Dainik

आरोप प्रमाणित भए कानुनी सजाय भोग्न तयार छु : अध्यक्ष उमेशचन्द्र यादव

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकामा शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरिएको छ।
पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले आफू माथि लगाइएको आरोप कपोलकल्पित र निराधार भएको बताउनु भयो ।
यादवले आफू माथि योजनाबद्ध रुपमा गरिएको राजनीतिक हत्याको श्रीङ्खलामा केही पात्रहरु क्रियाशील रहेको बताउदै आफू पालिकाको नेतृत्वमा आइसकेपछी पालिकाको समग्र विकासका निमित्त लागिपरेको बताउनु भएको छ।
अध्यक्ष यादवले आफू संग योजना सहित बुद्धि,विवेक र जनताको साथ भएको हुँदा म त्यस्ता खाले तत्व संग अलिकति पनि विचलित नभएको बताउनु भयो।
उहाँले अहिले देशमा अनुभवहीन व्यक्तिद्वारा शासन चलाइरहेको अवस्थामा जनप्रीय व्यक्तिलाई पनि दु:ख दिने श्रीङ्खला बढिरहेको अवस्थामा त्यस्ता तत्वहरुलाई जनताले नै किनारा लगाउने पनि उहाँले जिकिर गर्नुभयो।
यादवले अहिले नेपाल प्रहरीलाई कानुन विपरीत चल्न उस्काइरहेको अवस्था दाबी गर्दै अध्यक्ष यादवले प्रहरीले नै कानुन विपरीत काम गर्न थाल्यो भने प्रहरीको विश्वसनियता घटने पनि यादवको दाबी थियो।
पत्रकार सम्मेलनमा अध्यक्ष यादवले जनप्रतिनिधिलाई हतोत्साहित र मनोबल गिराउने काम बढ्न थालेकोमा आफू जनताले दिएको अभिमतलाई पुर्ण सम्मान गर्दै नागरिक केन्द्रित कार्य गर्न प्रतिबद्ध रहेको पनि बताउनु भयो।
सञ्चारकर्मीद्वारा सोधिएको प्रश्नको जवाफ दिदै अध्यक्ष यादवले जनताले आफूलाई पाँच वर्षको लागि निर्वाचित गरेकोमा तीन वर्षसम्म निर्बिघ्न सेवा गरेको र बाकी दुई वर्षदेखि विभिन्न बहानामा मनोबल गिराउने,झुठो आरोप लगाउने लगायत कार्य गरिएकोले आफू एकदमै विचलित नभई कार्य गर्दै आएको बताउदै यादवले गण्डकको जग्गा अतिक्रमण गरेको प्रसङ्ग पनि निराधार रहेको र आफू माथि लगाइएको आरोप कानुनी रुपमा प्रमाणीत भएमा त्यसको सजाय भोग्न पनि तयार भएको पनि अध्यक्ष यादवले पत्रकार सम्मेलनमा प्रष्ट पार्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित