प्रिन्स मिश्र कपिलवस्तु
सशस्त्र प्रहरी बल नेपाल बिओपी जवा बैराठ कपिलवस्तुले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएका ८० वटा खसीबोका बरामद गरेको छ।
सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर बोहराको कमाण्डमा खटिएको टोलीले शुक्रबार विजयनगर गाउँपालिका–१ नयाँ गाउँस्थित दशगजा क्षेत्रबाट उक्त खसीबोका बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका ८० वटा खसीको अनुमानित मूल्य रु. ८ लाख ३२ हजार ५०० रहेको छ। प्रहरी टोली पुग्नासाथ खसी ल्याउने व्यक्तिहरू खसी छाडेर भारततर्फ फरार भएका थिए।
बरामद खसी आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

