Rashtriya Dainik

ईप्रका सिम्राैनगढ बाराका प्रहरी निरीक्षक किसुनदेव साह (केडी) साहको नेतृत्वमा ठूलो सफलता : एकै दिन २३ लाखभन्दा बढीका सामान बरामद

ईलाका प्रहरी कार्यालय सिम्रेनगढले २३लाख भन्दा बढिको खरबुजको विउ र ट्रक सहित चालकलाई नियन्त्रणमा लिएको हो।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराका प्रमुख एवम प्रहरी निरीक्षक किसुनदेव साहले तस्करी विरुद्ध कडा प्रहार गरि   २३ लाखभन्दा बढी मूल्यको खरबुजाको बिउसहित ट्रक पक्राउ गरेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आईतवार राति करिब ८:३० बजे सिम्रौनगढ नगरपालिका–६ पावर हाउस क्षेत्र मा सिम्रौनगढबाट महोत्तरीतर्फ जाँदै गरेको ना ४ ख ८३४१ नम्बरको ट्रक लाई इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक शाहको कमान्डमा खटिएको गस्ती टोलीले रोकी जाँच गरेको थियो,चेक-जाँचका क्रममा ट्रकभित्र ३१४ बोरा १२ हजार ५६० किलोग्राम खरबुजाको बिउ फेला परेको प्रहरी निरीक्षकले जनाएका छन् । उक्त बिउको मूल्य रु २२ लाख ९९ हजार २३३ रुपैयाँ रहेको जनाइएको  छ । बारा प्रहरी अनुसार उक्त बिउ अवैध रूपमा चोरी निकासी गर्न लागिएको खुल्न आएपछि बिउसहित ट्रक नियन्त्रणमा लिइएको हो। बरामद गरिएको ट्रकको अनुमानित मूल्य रु ३५ लाख रहेको प्रहरीको भनाईं रहेको छ । बरामद गरिएको खरबुजाको बिउ र ट्रक गरी कुल रु ५७ लाख ९९ हजार २३३ बराबरको सामान रहेको प्रहरीको भनाइ छ ।  पक्राउ परेका ट्रक चालक परवानीपुर गाउँपालिका–३ निवासी ३१ वर्षीय प्रवेज आलम लाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको बाराका प्रहरीले बताउँछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित