राजन कुमार बानिया /पर्सा, साउन १२
पर्साको धोबीनी गाउँपालिकाले विद्यालय तहमा समावेशी शिक्षाको प्रभावकारी कार्यान्वयन तथा गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने उद्देश्यले शिक्षकहरूका लागि समावेशी शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाभित्रका विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बालिका, अपाङ्गता भएका बालबालिका तथा सबै वर्ग, समुदाय र पृष्ठभूमिका विद्यार्थीलाई समान र गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा उपाध्यक्षका प्रतिनिधि श्याम पटेल, वडा अध्यक्ष राजकिशोर प्रसाद कुर्मी, शिक्षा शाखा प्रमुख जितेन्द्र चौहान, निमित्त प्रमुख प्रशासकीय अधिकृत संजय यादव, SODCC पर्साका अध्यक्ष इब्राहिम देवान, कोअर्डिनेटर दीपक पाण्डेय, विशाल गुप्ता, प्रतिनिधि दीपेश पटेल, गुलशन त्रिपाठी, विद्यालयका प्रधानाध्यापक जितेन्द्र राम,कार्यकारी निर्देशक रुपक पाण्डेय, नेपाल प्रहरी, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा कोअर्डिनेटर विशाल गुप्ताले समावेशी शिक्षा प्रभावकारी रूपमा कार्यान्वयन गर्न शिक्षक, अभिभावक, स्थानीय तह तथा सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताउँदै सबै बालबालिकालाई विभेदरहित र गुणस्तरीय शिक्षाको अवसर सुनिश्चित गर्न यस्ता अभिमुखीकरण कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।
गाउँपालिकाले यस्ता कार्यक्रममार्फत विद्यालयहरूमा समावेशी शिक्षाको अवधारणालाई व्यवहारमा उतार्दै सबै बालबालिकाका लागि समान, सुरक्षित र गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

