Rashtriya Dainik

पश्चिम नवलपरासीमा ५९४ एम्पुल लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ

राष्ट्रिय दैनिक / नवलपरासी ,११ साउन।

पश्चिम नवलपरासी प्रहरीले ५९४ एम्पुल लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश महाराजगञ्ज जिल्लाका ३३ वर्षीय सबरे आलम र कानुनी विवादमा परेका एक १६ वर्षीय बालक रहेका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अनुसार साउन ९ गते दिउँसो करिब २:३० बजे पाल्हीनन्दन गाउँपालिका–५ गेरमा क्षेत्रमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले भारततर्फबाट आउँदै गरेको UP 56 X 1210 नम्बरको भारतीय मोटरसाइकल रोकी जाँच गरेको थियो।

जाँचका क्रममा बालकले बोकेको ‘SAMRAT’ लेखिएको पहेंलो प्लास्टिकको झोलाभित्र लुकाइ राखिएको डाइजेपाम १९८ एम्पुल, फेनरगन १९७ एम्पुल र बुप्रेनोर्फिन १९९ एम्पुल गरी कुल ५९४ एम्पुल लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद लागूऔषध र मोटरसाइकल नियन्त्रणमा लिई दुवैलाई लागूऔषध सम्बन्धी कसुरमा पक्राउ गरिएको छ। जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित