आरपि उपाध्याय / नवलपरासी ,२६ असार
नवलपरासी (ब.स.पू.) लाई एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चितता र दिगोपन जिल्ला घोषणा गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय पुर्वी नवलपरासीको आयोजनामा पूर्ण खोप सुनिश्चितता र दिगोपन जिल्ला घोषणा गरिएको हो।
पूर्ण खोप सुनिश्चितता र दिगोपन घोषणाको लागि चाहिने आवश्यक मापदण्ड सहितको सुचक पूरा गरे लगत्तै घोषणा कार्यक्रम गरिएको आयोजकले बताएको छ।
कार्यक्रममा जिल्ला अन्तर्गतका ८ स्वास्थ्यचौकीहरुका सि.अ.हे.व. स्टार्फ नर्स र अनमीहरुलाई कदरपत्र सहित सम्मान गरिएको थियो।
सम्मानित हुने स्वास्थ्य केन्द्रहरूमा त्रिवेणी सुस्ता स्वास्थ्यचौकी,हुप्सेकोट स्वास्थ्यचौकी,कोटथर स्वास्थ्यचौकी, मिथुकरम स्वास्थ्यचौकी, अग्यौली स्वास्थ्यचौकी,आधारभूत स्वास्थ्य केन्द्रका प्रतिनिधिहरुलाई कदरपत्र सहित सम्मान गरिएको बताइएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा बालबालिकाहरुलाई अन्तिम खोप दादुरा रुबेलाको दोस्रो मात्रा लगाउनेको सङ्ख्या ४ हजार ९ सय १३ जना गरि ८९.६२% रहेको र यस आ.व. को हालसम्म खोप लगाउनेको सङ्ख्या ३ हजार ८ सय ९१ रहेको पनि जानकारीमा आएको छ।
हाल बालबालिकाहरुलाई १३ प्रकारका रोग विरुद्ध खोप आएको पनि बुझिएको छ।
जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक बाबुराम बि.क. को अध्यक्षतामा घोषणा कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री लक्षमण बहादुर पाण्डेले स्वास्थ्य क्षेत्रको विकासको लागि मन्त्रालय र मातहतका निकाय पूर्ण प्रतिबद्धताका साथ अगाडि बढिरहेको बताउनु भयो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले गण्डकी प्रदेशको भारत संग जोडिएको एक मात्र गण्डक ब्यारेज नाकामा रहेकोे हेल्प डेक्सलाई सुदृढीकरणका लागि ध्यान पुर्याउन जरुरी रहेकोेले यसतर्फ सबैको ध्यान पुग्न जरुरी रहेको जिकिर गर्नुभयो।
सो अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख केशव प्रसाद चापागाईंले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा सम्मानित त्रिवेणी सुस्ता स्वास्थ्यचौकी की खोप कार्यकर्ता राधिका अर्याल भट्टराईले संक्षिप्त प्रतिक्रिया दिदै आफ्नो १२ वर्षको लगानी अभ्यास सहितको सेवा गर्दा पाएको सम्मानले आफ्नो र स्वास्थ्यचौकीको हौसला बढेको प्रतिक्रिया दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

