काठमाडौं ,२६ असार । आदिवासी जनजाति आयोगले संविधान संशोधनका लागि तयार पारेको २५ बुँदे सुझाव प्रतिवेदनमा नेपालकाे राष्ट्रिय जनावर गाईको सट्टा गैँडा कायम गर्न प्रस्ताव गरेको छ।
आयोगका अनुसार गाई सबै धार्मिक तथा सांस्कृतिक समुदायको साझा प्रतीक हुन नसक्ने भएकाले जैविक विविधता, वन्यजन्तु संरक्षण र राष्ट्रिय पहिचानलाई मध्यनजर गर्दै गैँडालाई राष्ट्रिय जनावर बनाउने सुझाव दिइएको हो।
प्रतिवेदनमा राष्ट्रिय गान प्रदेशअनुसार सरकारी कामकाजको भाषामा गाउन सकिने व्यवस्था, सबै मातृभाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिने तथा आदिवासी जनजातिका संवैधानिक अधिकारलाई थप स्पष्ट रूपमा सुनिश्चित गर्नुपर्ने लगायतका सुझाव पनि समेटिएका छन्।
आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आग्रहअनुसार संविधान संशोधन सम्बन्धी सुझाव तयार गरी सार्वजनिक गरेको जनाएको छ। उक्त प्रस्ताव कार्यान्वयन हुन भने संविधान संशोधन प्रक्रिया पूरा हुनुपर्नेछ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

