Rashtriya Dainik

मुख्यमन्त्री नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत नगदेबाली व्यवसायीकरणबारे सार्वजनिक सुनुवाइ सम्पन्न

आरपि उपाध्याय /त्रिवेणी ,१८ असार

मुख्यमन्त्री नवप्रवर्द्वन साझेदारी कार्यक्रमको नगदेबाली प्रविधी अनुकूल तथा व्यवसायीकरणको सार्वजनिक सुनवाइ कार्यक्रम विनयी त्रिवेणी ७ शिवपुरगढीमा सम्पन्न भएको छ।
विनयी त्रिवेणी गाउँपालिकाको आयोजना तथा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय पोखराको सहयोगमा कार्यक्रम गरिएको हो।

सार्वजनिक सुनवाइ कार्यक्रममा उखु बेसार खेतीको उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी आधुनिक तथा उपयुक्त कृषि प्रविधिको प्रयोग र विस्तार मार्फत व्यवसायीक खेती प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको जानकारी गराइएको थियो।
कृषक आय आर्जनमा वृद्धि गरी आर्थिक पक्ष बलियो बनाउन र आत्मनिर्भर प्रतिस्पर्धी तथा नाफामूलक कृषि प्रणालीको विकास गर्ने बारे सार्वजनिक सुनवाइ कार्यक्रम केन्द्रित रहेको थियो।

सार्वजनिक सुनवाइ कार्यक्रममा कृषि प्रधान देश नेपालमा कृषि कार्य हेतु रासायनिक मलको हाहाकार छ,यसमा राज्य उदासीन रहेकोे छ भने सिमा पार भारतबाट मल ल्याउन प्रशासनको कडाइले ल्याउन सकिने अवस्था छैन। यस्तो परिस्थितिमा साना किसान कसरी बाच्ने भन्ने प्रश्न पनि सहभागीले उठाएका थिए।
उनीहरुले पारदर्शिता र जवाफदेहीताको नारा दिने निकायबाटै पारदर्शिता नभएको आरोप पनि लगाएका थिए।
सो अवसरमा उखु र केरा खेतीको लागि पाइनु पर्ने प्रोत्साहन नपाएको दुखेसो व्यक्त गरे।

सार्वजनिक सुनवाइ कार्यक्रममा आर्थिक वर्षको अन्त तिर विकासे कार्यक्रम र कृषि प्रयोजनका कार्य गरिनु पनि चिन्ताको विषय रहेकोेले पालिका सरकारले केही महिना पुर्व नै उल्लेखित कार्य गर्नुपर्ने विचार राखेका थिए।
सार्वजनिक सुनवाइ कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती बैदवारले देशको वर्तमान अवस्थाका कारण किसानको चाहना बमोजिम रासायनिक मल आउन नसक्दा थोरै मलबाट नै किसानहरूले चित्त बुझाउन परेको बताउनु भयो।
पालिकामा कार्यरत कर्मचारीहरुको कडा मेहनतले पछिल्लो समयसम्म केही सकारात्मक कार्य भएको पनि चर्चा गर्नुभयो।
एक प्रसङ्गमा उपाध्यक्ष बैदवारले पालिका सरकारबाट डाँडा वारि र पारीको कहिल्यै पनि विभेद नगरेको बताउदै सबैलाई समान रुपमा सेवा सुविधा गर्दै आएको जिकिर गर्नुभयो।

प्रकृतिले हामीलाई ठगेको छ,कहिले पानी पर्छ कहिले खडेरी पर्छ,त्यसको बाबजुद पनि कृषकको कडा मेहनतबाट नै अहिलेको नतिजा आएको बताउदै बैदवारले उखु र बेसार खेती गर्ने किसानलाई पालिकाले आवश्यक कृषि औजार सहित किसान केन्द्रित कार्यलाई प्राथमिकतामा राखी नतिजामुखी कार्य गर्दै आएको धारणा राख्नुभयो।
कार्यक्रममा कृषि शाखा प्रमुख शिष्टाचार जोशीले किसानहरुलाई सहज रुपमा मेसिन हस्तान्तरण गरेको बताउदै किसानको पीडालाई समयमै सम्बोधन गर्दै जानू र थप सुविधा दिने कार्यमा कृषि शाखा प्रतिबद्ध रहेको बताउनु भयो।

शाखा प्रमुख जोशीले सार्वजनिक सुनवाइ कार्यक्रममा उठेको प्रश्नहरुको जवाफ पनि दिनुभएको थियो। सो अवसरमा किसानलाई २५% रकमको चेक हस्तान्तरण गरिएको कार्यक्रम सञ्चालक कृषि प्राविधिक मोहन चापागाईंले जानकारी दिनुभयो।
सार्वजनिक सुनवाइ कार्यक्रममा वडा सदस्य विष्णु चौलागाईं,शोभा क्षेत्री, किसानहरु प्रकाश कुवार,सरस्वती बस्नेत,वशिष्ठ कोइरी, अदम बहादुर थापा,मुस्तफा अन्सारी, लाल मोहम्मद अन्सारी लगायतले किसानको पीडा बताउदै सुझाव सहितको जिज्ञासा राख्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित