Rashtriya Dainik

पोषण सम्बन्धि अभिमुखिकरण कार्यक्रम विनयी त्रिवेणी ७ को लक्ष्मीपुरमा सम्पन्न

आरपि उपाध्याय /त्रिवेणी ,१८ असार

बहुक्षेत्रीय पोषण योजना अन्तर्गत आय आर्जन पोषण सुधार नगद अनुदान प्राप्त सुनौलो १ हजार दिनका आमाहरुको पोषण सम्बन्धि अभिमुखिकरण कार्यक्रम विनयी त्रिवेणी ७ को लक्ष्मीपुरमा सम्पन्न भएको छ।

पोषण सम्बन्धि अभिमुखिकरण कार्यक्रममा विनयी त्रिवेणी वडा न.७ का आर्थिक अवस्था कमजोर भएका २८ को सङ्ख्याका आमाहरुलाई छनौट गरी प्रतिव्यक्ति २५ हजार आर्थिक सहयोग प्रदान गरिएको थियो।
विनयी त्रिवेणी ७ का वडा अध्यक्ष उमेश कार्कीको अध्यक्षता तथा विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती वैदवारले अज्ञानता र अशिक्षाका कारण ग्रामीण भेगका महिलाहरू पछि परेको अवस्थामा अब आफ्नो अधिकार प्राप्तिका लागि पछि होइन अघि बढेर लक्ष्यमा पुग्नुपर्ने कुरा बताउनु भयो।
उपाध्यक्ष वैदवारले अब सुनौलो १ हजार दिनका आमाहरुलाई पालिकाबाट दिइएको सहयोग,पोषण र सीपमूलक कार्यक्रममा लगाई आफ्नो आर्थिक अवस्था बलियो बनाउनुपर्ने धारणा राख्नुभयो।


कार्यक्रममा पोषण सहजकर्ता प्रभा घर्तीले कार्यक्रमको लक्ष्य र उद्देश्य माथि प्रकाश पार्नुभएको थियो।
सो अवसरमा त्रिवेणी सुस्ता स्वास्थ्य चौकी प्रमुख रघुनाथ भट्टराईले कार्यक्रमको सहजीकरण गर्दै सुनौलो १ हजार दिनका आमाहरूलाई पोषण किन र केका लागि बारे सहजीकरण गर्नुभएको जानकारीमा आएको छ।


“बालबालिकामा हुने कुपोषण अन्त्य गरौँ,पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन गरौं” भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा कालिका आमा समुहकी मीना सापकोटा,महिला स्वास्थ्य स्वयंसेविका डेम कुमारी न्यौपाने,वडा सदस्य शोभा क्षेत्री र सारजाह नेसा लगायतले कार्यक्रममा आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित