आरपि उपाध्याय / नवलपरासी ,१४ असार
ग्रामीण भेगका नागरिकको स्वास्थ्य अवस्थालाई लक्षित गरी प्रतापपुर ८ मा एक दिने वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
प्रतापपुर गाउँपालिका वडा न.८ को आयोजना तथा देवदह मेडिकल कलेज भलुहीको प्राविधिक सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।
नि:शुल्क स्वास्थ्य शिविरमा महिला तथा प्रसुती,मुटु,पेट,छाती,थाइराइड तथा मधुमेह,छाला,हाडजोर्नी,आँखा,नाक,
कान,घाटी रोगका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परिक्षण गर्नुभएको मेडिकल कलेजका जन सम्पर्क अधिकृत मुक्ती काफ्लेले जानकारी दिनुभयो।

प्रतापपुर ८ का वडा अध्यक्ष सन्तोष राजभरको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा अध्यक्ष यादवले प्रतापपुरका जनतालाई भरपर्दो स्वास्थ्य सेवा दिने कार्यमा पालिका पुर्ण प्रतिबद्ध रहेको बताउनु भयो। उहाँले आफूहरू पालिकाको नेतृत्वमा आएपछि नागरिकले दिएको जिम्मेवारीलाई मन, कर्म र वचनबाट पूरा गर्ने अभियानमा लागेको बताउदै स्वास्थ्य सेवा नागरिकको नैसर्गिक अधिकार भएकोले उक्त अभियानमा पालिका लागि परेको बताउनु भयो।
ग्रामीण भेगका नागरिकको स्वास्थ्य परिक्षण विज्ञ डाक्टरबाट हुनुपर्ने सौभाग्यको कुरा रहेकोे अध्यक्ष यादवको भनाइ थियो।
कार्यक्रममा देवदह मेडिकल कलेजका अध्यक्ष गोपाल बहादुर पोख्रेलले ग्रामीण भेगमा विज्ञ डाक्टरबाट स्वास्थ्य परिक्षणले रोगको पहिचान गरी सेवा ग्राहीलाई भरपर्दो र विश्वासनिय रुपमा उपचार गर्न पाउने अध्यक्ष पोख्रेलको भनाइ थियो।
अध्यक्ष पोख्रेलले पश्चिम नवलपरासीको प्रतापपुर,बर्दघाट,सुस्ता र पुर्वी नवलपरासीको विनयी त्रिवेणी ६ र ७ का जनतालाई मेडिकल कलेजका विज्ञ डाक्टरबाट सेवा पुर्याइएको तथा दिदै आएको सेवालाई अझ विस्तार गरिने धारणा राख्नुभयो।
कार्यक्रमका अध्यक्षता गर्नुभएका प्रतापपुर ८ का वडा अध्यक्ष सन्तोष राजभरले मेडिकल कलेजले पुर्याउदै आएको बस सेवालाई पिपरपाती सम्म सञ्चालन गर्न आग्रह गर्नुभएको थियो।
सो अवसरमा स्वास्थ्य शाखा प्रमुख मन्तोष कुशवाहा,वडा सदस्य गया प्रसाद यादव,सुरज गुप्ता लगायतले आफ्नो भनाइ राख्नुभयो।
स्वास्थ्य शिविरमा डा.विक्रम ज्ञवाली, डा. भानुभक्त न्यौपाने,डा.रोसन साह लगायतले स्वास्थ्य परिक्षण गर्नुभएको थियो। स्वास्थ्य शिविरमा २३४ बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको आयोजकले बताएको छ।

स्वास्थ्य शिविरमा आउनु भएका छाला रोग विशेषज्ञ डा. विक्रम ज्ञवाली संग हाम्रा वरिष्ठ संवाददाता आर.पि. उपाध्यायले सिमा क्षेत्रमा बढेको छाला रोगको बारेमा संक्षिप्त कुराकानी गर्नुभएको थियो।
छाला रोगबारे आफ्नो धारणा राख्दै डा.ज्ञवालीले अशिक्षा,अज्ञानता र गरिबीका कारण पनि छालामा समस्या परेको बताउदै यसलाई समयमै उपचार गर्न सकिए निको हुने प्रतिक्रिया दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

