Rashtriya Dainik

विनयी त्रिवेणीको त्रिवेणी स्वास्थ्य चौकी बन्यो पोषणमैत्री स्वास्थ्य संस्था

आरपि उपाध्याय / त्रिवेणी ,१३ असार

पुर्वी नवलपरासी विनयी त्रिवेणी स्वास्थ्य शाखाको आयोजनामा एक कार्यक्रमका बिच पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्य सम्पन्न भएको छ।
त्रिवेणी स्वास्थ्य चौकीलाई सम्पुर्ण मापदण्ड पूरा गरिएको हुँदा पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।

विनयी त्रिवेणी गाउँपालिका वडा न.७ का वडा अध्यक्ष उमेश कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएकी विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती बैदवारले त्रिवेणी स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्दा गौरव महसुस भएको बताउदै यो अभियानलाई निरंतरता दिन सम्पुर्ण सरोकारवाला निकाय धन्यवादको पात्र रहेकोे जिकिर गर्नुभयो।

कार्यक्रममा विनयी त्रिवेणी स्वास्थ्य शाखा प्रमुख ध्रुवराज काफ्लेले पोषणमैत्री कार्यक्रमलाई थप निरंतरता दिन सकिए त्यसको परिणाम अझ बढी सुखद हुने धारणा राख्नुभएको थियो।

सो अवसरमा विनयी त्रिवेणी वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाहले पोषणमैत्री संस्था घोषणा कार्य बारे आफ्नो भनाइ राख्नुभएको स्वास्थ्य चौकी प्रमुख रघुनाथ भट्टराईले जानकारी दिनुभएको छ।

कार्यक्रममा विनयी त्रिवेणी वडा न.६ र ७ का जनप्रतिनिधि,महिला स्वास्थ्य स्वयंसेविका,सुनौलो एक हजार दिनका आमाहरु लगायत स्थानीय सर्वसाधारणहरुको पनि उपस्थिति रहेकोे आयोजकले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित