Rashtriya Dainik

सरावलमा प्रेस क्लबद्वारा अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी,६ असार

सरावल गाउँपालिकाको सहयोग तथा सरावल प्रेस क्लबको आयोजनामा अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सरावल गाउँपालिका–४, गोबरहिया स्थित कोटही मन्दिरको सभाहलमा आयोजना गरिएको थियो।

सरावल प्रेस क्लबका अध्यक्ष उमेश कुमार विकको अध्यक्षता तथा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रकारिता क्षेत्रको सुदृढीकरण, सञ्चारकर्मीको क्षमता विकास तथा स्थानीय मुद्दाहरूलाई प्रभावकारी रूपमा उठान गर्ने विषयमा छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा जनतासम्म सही सूचना प्रवाह गर्न पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले स्थानीय तह र सञ्चारमाध्यमबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजान गाउँपालिका प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो।

कार्यक्रममा परासी प्रेस क्लबका अध्यक्ष मोहन पौडेल, पत्रकार बेचु गौड, सरावल उद्योग वाणिज्य संघका अध्यक्ष सुसान्त शर्मा घिमिरे, पत्रकार रञ्जित शर्मा, रामकरण हरिज, लक्ष्मी हरिजन , सरावल गाउँपालिका रेडक्रस अध्यक्ष सन्जय माैर्य लयतले पत्रकारिताको वर्तमान अवस्था, चुनौती र अवसरका विषयमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।

क्लबका कोषाध्यक्ष देशबन्धु यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव महेश यादवले गर्नुभएको थियो। कार्यक्रममा सरावल क्षेत्रका पत्रकार, सामाजिक अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमले पत्रकारहरूबीच अनुभव आदान–प्रदान, क्षमता विकास तथा स्थानीय सञ्चार क्षेत्रलाई थप सशक्त बनाउन महत्वपूर्ण योगदान पुगेको सहभागीहरूले बताएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित