Rashtriya Dainik

सुस्तामा सीमा निरीक्षण गर्दै पार्टी नेताहरू, अतिक्रमणविरुद्ध प्रतिरोधलाई समर्थन

राष्ट्रिय दैनिक /नवलपरासी ,६ असार

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले भारत अतिक्रमित सुस्ता भुमिमै पुगेर एसएसबीको प्रतिकार गर्ने सुस्ताबासीको कदम प्रति ऐक्यबद्धता जनाएको छ ।

शनिबार पार्टीका स्थायी समिति सदस्य कृष्ण पौडेलको नेतृत्वमा सुस्ता पुगेको टोलीले सुस्ताबासीको आन्दोलन प्रति ऐक्यबद्धता जनाएको हो ।


सो टोलीमा पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापा, बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेयलगायतले सुस्ता बचाउ आन्दोलनका उपाध्यक्ष आदम खाँलगायत संग भेटघाट एवं सीमा निरीक्षण गरेको थियो ।

टोली संग सुस्ताबासीले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिले भारतीयहरुको मनोबल वृद्धि भएको समेत बताएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित