राजन कुमार बानियाँ/पर्सा, ६ असार ।
पर्सागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५० करोड ५९ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। शुक्रबार सम्पन्न नगरसभाको १५औँ अधिवेशनमा उपमेयर पूजा चौधरीले बजेट प्रस्तुत गरेकी हुन्।
नगरप्रमुख गोकर्ण पाठकले ‘समृद्ध र सुन्दर पर्सागढी, सुखी पर्सागढीवासी’को अवधारणालाई साकार पार्न शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नगरसभाले नीति तथा कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिए।
नगरसभामा विभिन्न जनप्रतिनिधिले धारणा राखेका थिए भने उठेका प्रश्नहरूको जवाफ नगरप्रमुख पाठक र प्रमुख प्रशासकीय अधिकृत साहले दिएका थिए। साथै, जग्गादाता, कर्मचारी तथा सुरक्षाकर्मीलाई सम्मानपत्र प्रदान गरी सम्मानित गरिएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

