Rashtriya Dainik

ठगी कसूरमा सिम्रौन्गढका अजित महतो पक्राउ

 

काठमाडौँ ,२८ वेठ।

ठगी सम्बन्धी कसुर मुद्दामा फरार रहेका प्रतिवादी बारा सिम्रौन्गढ नगरपालिका वडा नम्बर ६ बस्ने ३२ वर्षीय अजित कुमार महतोलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

ठगी सम्बन्धी कसुर मुद्दामा कलैया जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सिम्रौन्गढबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया पठाइएको छ ।

बाराको सिम्रौन्गढ घर भएका महतो१४लाख ७८ हजार३ सय  रुपैयाँ जग्गा-जमिनको नाऊमा ठगी गरेको कसुरमा मुद्दा दायर भएको थियो। महतोलाई सम्मानित जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको ईप्रका प्रहरी कार्यालय सिम्रौन्गढका प्रमुख एवम प्रहरी निरीक्षक किसुन्देव साहले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित