Rashtriya Dainik

सुस्ता स्वास्थ्य चौकीको आयोजनामा पोसिलो जाउलो खाना प्रतियोगिता सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,११ जेठ

विनयी त्रिवेणी गाउँपालिका वडा न.७ मा रहेको त्रिवेणी सुस्ता स्वास्थ्य चौकीको आयोजनामा पोसिलो जाउलो खाना प्रतियोगिता सोमबार बनकट्टीमा सम्पन्न भएको छ।

कार्यक्रममा सुनौलो सय दिनका आमाहरुलाई पोसिलो जाउलो प्रतियोगिता र ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई पोसिलो जाउलो खाना तथा स्वस्थ बच्चाहरूलाई सम्मान कार्यक्रम पनि गरिएको त्रिवेणी स्वास्थ्य चौकी प्रमुख रघुनाथ भट्टराईले जानकारी दिनुभयो।

सो अवसरमा विनयी त्रिवेणी ७ बनकट्टीमा ५० को सङ्ख्याका आमाहरूलाई पोसिलो जाउलो खाना बनाउने विधि सिकाउने र पोषणको महत्व र फाइदाबारे जानकारी गराइएको थियो।
कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख भट्टराईले नियमित खोप, पोषणको लेखाजोखा गर्ने र स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्ने विधिबारे जानकारी गराउनु भयो।

सो अवसरमा स्वास्थ्य चौकीकी कर्मचारी राधिका भट्टराई,रन्जित कुमार साह, स्वास्थ्य स्वयंसेविका निशी कुमारी श्रेष्ठ लगायतले कार्यक्रममा सहजीकरण गर्नुभएको आयोजकले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित