Rashtriya Dainik

ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न ‘पर्सा भिलेज रिसोर्ट’ सञ्चालनमा

राजन कुमार बानिया /पर्सा, १० जेठ ।

पर्साको धोबिनी गाउँपालिका–४ लंगडीमा सुविधा सम्पन्न ‘पर्सा भिलेज रिसोर्ट’ सञ्चालनमा आएको छ । ग्रामीण क्षेत्रमा पहिलो पटक आधुनिक सेवा–सुविधासहित निर्माण गरिएको उक्त रिसोर्टको आज एक समारोहबीच अनोखी गुप्ताले विधिवत पूजा–पाठ गरी उद्घाटन गर्नुभएको हो ।

रिसोर्टमा विवाह, पार्टी फङ्सन, इन्गेजमेन्ट, बैठक तथा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्न मिल्ने गरी आधुनिक व्यवस्थापन गरिएको रिसोर्टका सञ्चालक सुनिल कुमार गुप्ताले जानकारी दिनुभयो ।

उहाँका अनुसार रिसोर्टमा म्यारिज हल, पार्टी हल, तालिम हल, स्वीमिङ पुल, खाना तथा खाजा सेवा, क्यान्टिन, आवास सुविधा र पर्याप्त पार्किङको व्यवस्था गरिएको छ । सबै वर्ग तथा समुदायका सेवाग्राहीले सहज रूपमा सेवा लिन सकून् भन्ने उद्देश्यले सस्तो तथा सुविधाजनक रुम सेवा समेत उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

लंगडी चोकको पूर्व क्षेत्रमा निर्माण गरिएको उक्त रिसोर्ट ग्रामीण भेगका नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । अन्य स्थानको तुलनामा कम खर्चमा सुविधा उपलब्ध गराइने भएकाले स्थानीयवासी उत्साहित बनेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित