आरपि उपाध्याय / नवलपरासी ,१० जेठ
पश्चिम नवलपरासी बर्दघाट नगरपालिका वडा नं २ चिसापानीमा एक दिवसीय मुटु सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
बर्दघाट नगरपालिका वडा नम्बर २ कार्यालयको आयोजना तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान पश्चिम नवलपरासीको सह आयोजना र बर्दघाट नगरपालिका अस्पतालको सहयोगमा शिविर सम्पन्न भएको हो।

बर्दघाट नगरपालिका वडा नं २ आसपासको नागरिकको माग र चाहना बमोजिम सम्पन्न स्वास्थ्य शिविरमा १२५ व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको र केही बिरामीलाई चिसापानी अस्पताल पठाइएको र त्यसमध्ये दुई बिरामीलाई देवदह मेडिकल कलेज भलुही पठाइएको हृदयरोग प्रतिष्ठान नवलपरासी (ब.स.प.) का सभापति डाक्टर बिक्रम ज्ञवालीले जानकारी दिनुभएको छ।

एक दिने स्वास्थ्य शिविरमा देवदह मेडिकल कलेजका डाक्टर दीपक पौडेल, बर्दघाट चिसापानी अस्पतालका डाक्टर अभिशेष चापागाईं,डाक्टर अनुप रायमाझी लगायतले स्वास्थ्य परीक्षण गर्नुभएको थियो।
स्वास्थ्य शिविरमा आएका बिरामीहरुको स्वास्थ्य परीक्षण गरि आवश्यकता अनुसार निशुल्क औषधि प्रदान गरिएको पनि जानकारीमा आएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीको अध्यक्षतामा आयोजित शिविरमा नेपाल हृदयरोग प्रतिष्ठान पश्चिम नवलपरासीका सभापति डाक्टर ज्ञवालीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै मानव शरीरको महत्वपूर्ण अङ्ग मध्ये एक मुटु पनि रहेकोले मुटुलाई बचाउनु नै शरीरलाई बचाउनु रहेकोले मुटुमा आउने समस्या समाधान प्रति सचेत रहन विज्ञ स्वास्थ्यकर्मीको सम्पर्कमा गई स्वास्थ्य परीक्षण गराउनुपर्ने कुरामाथी जोड दिनुभयो।
डाक्टर ज्ञवालीले मानवीय सेवाको लागि गरिने कामलाई कुनै भुगोलले नछेक्ने हुँदा आफू र आफू आबद्ध रहेको संस्थाले जस्तोसुकै कठिन कार्य भए पनि सोही ठाउँमा पुगि बिरामीको सेवा र उपचार सहित परामर्शको लागि सदैव तयार रहेको प्रतिक्रिया दिनुभएको छ।
एक दिने निशुल्क स्वास्थ्य शिविरमा नेपाल क्षयरोग निवारण प्रतिष्ठान पश्चिम नवलपरासीका दुई दर्जन आजीवन सदस्यहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

