आरपी उपध्याय /नवलपरासी ९ जेठ
पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ स्थित नारायणी नदीको किनारमा बुद्ध पार्क निर्माण हुने भएको छ।
त्रिवेणी स्थित झोलुङ्गे पुल नारायणी नदी पश्चिम पट्टी सिमल बोट नजिकमा बुद्ध पार्क निर्माण गरिने ज्योति गुम्बा बौद्ध विहार समिति विनयी त्रिवेणी ७ का प्रमुख लामा सिंह बहादुर ढेङ्गा मगरले जानकारी दिनुभएको छ।
नारायणी नदी किनार सिमल बोट नजिकको स्थल अत्यन्त रमणीय,सुन्दर, शान्त र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको स्थलमा महामानव गौतम बुद्धको मुर्ति निर्माण सहित पार्क बनाउन सकिए आन्तरिक र बाह्रय पर्यटनको आकर्षण केन्द्रविन्दु हुन सकिने आयोजकले अपेक्षा लिएको छ।
शुक्रबार बिहान बसेको एक सर्वपक्षीय भेलाले बुद्ध पार्क निर्माण गर्न ज्योति गुम्बा बौद्ध विहारका प्रमुख लामा सिंह बहादुर ढेङ्गा मगरको संयोजकत्वमा ९ सदस्यीय मुल समिति गठन भएको हो।
जसको उपाध्यक्षमा रुपा थापा,सचिवमा बिन बहादुर थापा,कोषाध्यक्षमा मन बहादुर खरु,सदस्यहरुमा विन्देश्वरी अहिर,बिमल थापा लगायत रहनुभएको छ।
त्यसैगरी बौद्ध पार्क निर्माणको शिलान्यास कार्य सम्पन्न गर्न अन्य आधा दर्जन उपसमितिहरु पनि चयन भएको जानकारीमा आएको छ।
अन्य उपसमितिहरुमा आर्थिक संकलन उपसमिति,अतिथि सत्कार उपसमिति, मञ्च व्यवस्थापन उपसमिति र सल्लाहकार उपसमिति पनि चयन भएको प्रमुख लामा ढेङ्गा मगरले जानकारी दिनुभयो।
भेलाले आउँदै गरेको ज्येष्ठ १६ गते बुद्ध पार्क निर्माणको शिलान्यास गरिने पनि बताइएको छ।
बुद्ध पार्क शिलान्यास गर्नका लागि अन्तर्राष्ट्रिय बौद्ध प्रयती विहार रुपन्देहीका प्रमुख लामा भिक्षु आनन्द भन्तेद्वारा शिलान्यास गरिने पनि निर्णय भएको पनि पार्क निर्माण समितिले जानकारी गराएको छ।
भेलामा जनप्रतिनिधि,संघसंस्थाका प्रतिनिधि,स्थानीय समाजसेवी र सञ्चारकर्मीको पनि उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

