पर्सा ८ जेठ
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज पर्सा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त आयोजनामा सौहादपुर्ण तरिकाले बजार अनुगमन गरिएको छ। वीरगञ्ज महानगरपालिका वडा नं १५ लक्ष्मनवा स्थित रहेको डेरी फ्रेश उद्योगमा अनुगमन गरिएको हो । त्यस्तै वडा नं १७ स्थित रहेको फ्रेस पुजा घ्यू प्रोडक्टमा पनि अनुगमन गर्दा केही त्रृती फेला नपरेको अनुगमनमा सहभागी एकजना सदस्यले बताए। तसर्थ बजारमा बिक्री वितरण भइरहेका दुग्धजन्य पदार्थको गुणस्तर तथा मापदण्डको अवस्थाबारे जानकारी लिन अनुगमन टोली उद्योग पुगेको हो ।
अनुगमनका क्रममा उद्योगमा उत्पादन तथा बिक्री भइरहेका सामग्रीको लेबल, सरसफाइ, गुणस्तर र मापदण्ड सम्बन्धी विषयमा निरीक्षण गरिएको थियो । टोलीले उद्योगलाई आवश्यक मापदण्ड पालना गर्न निर्देशन पनि दिएको जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका निरिक्षण टोलीका संयोजक समेत रहेका जगत प्रकाश चौधरी,सदस्यमा श्रवण कुमार साह,त्यसतै वाणिज्यका तर्फबाट मधुरेस प्रसाद साह,उपभोक्ताको तर्फबाट प्रकाश कुमार शाह,नेपाल पत्रकार महासंघ पर्सा शाखाका सहसचिव एसके.चौरसिया,पत्रकार बैजु झा समेतको विशेष उपस्थितिमा अनुगमन भएको थियोे । साथै फ्रेस पुजा घ्यू प्रोडक्ट विशेषगरी पुजापाठमा प्रयोग हुने र डेरी फ्रेस उधोगले उत्पादन गरेको घ्यू खाने योग्य रहेको उधोगका संचालक राजाबाबु चौरसियाले जानकारी गराए। अनुगमन कर्ताले भने, उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै बजार अनुगमनलाई निरन्तरता दिइने बताएका छन् । तसर्थ उद्योग तथा व्यवसायीलाई खाद्य ऐन र नियमअनुसार उत्पादन तथा बिक्री वितरण गर्न आग्रह गरिएको छ ।
संयुक्त अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको पनि विशेष सहभागिता रहेको निरिक्षण अधिकृत सुनिल चौरसियाले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

