Rashtriya Dainik

पर्सामा गहुको भुसबाट सशस्त्र प्रहरी भिस्वा बन्जारीद्वारा ८७ किलो गाजा बरामद

राजन कुमार बानिया /पर्सा ,४ जेठ

पर्साको ग्रामीण क्षेत्रमा लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै आएको सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा-४ तुलसी बर्वा स्थित ओरिया खोलाको किनारमा रहेको खेतबाट लुकाइछिपाइ राखिएको अवस्थामा ८७ किलो गाँजा बरामद गरिएको हो।
प्राप्त जानकारीअनुसार खेतमा गहुँको भुसले छोपी राखिएको अवस्थामा उक्त लागूऔषध फेला परेको हो।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) भिस्वाबाट सशस्त्र प्रहरी निरीक्षक अर्जुन दाहालको कमान्डमा खटिएको गस्ती टोलीले आइतबार राति करिब १० बजे विशेष सूचनाको आधारमा सर्च अभियान सञ्चालन गरेको थियो। सोही क्रममा खेतभित्र शंकास्पद रूपमा लुकाइ राखिएको गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य तीव्र रूपमा अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ। लागूऔषध कारोबारमा संलग्न गिरोहको खोजीका लागि सीमावर्ती तथा ग्रामीण क्षेत्रहरूमा निगरानी बढाइएको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित