Rashtriya Dainik

राष्ट्र सुरक्षा र अनुशासनको सन्देश दिँदै बर्दघाट शिक्षालयले मनायो २५ औं स्थापना दिवस

आरपि उपाध्याय / नवलपरासी ,४ जेठ

सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासी ब.सु.प. को २५ औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय कार्य विभागका विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगरले नेपाल सरकारको मार्ग निर्देशन अनुसार सशस्त्र प्रहरी बलले आफ्नो जिम्मेवारी र कर्तव्यलाई पूरा गर्दै आएको बताउनु भयो। उहाँले रजत महोत्सव समयको यात्रा मात्र नभई संगठनलाई निष्ठा पुर्वक गन्तव्यमा पुर्याउने अभियान रहेको पनि जिकिर गर्नुभयो।
अतिरिक्त महानिरीक्षक ठाडा मगरले कर्तव्य पालनको सिलसिलामा ज्यान गुमाएका संगठनका सदस्यहरुप्रती श्रद्धाञ्जली व्यक्त गर्दै घाइते जवानहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको थियो।

संागठनिक जीवन २५ वर्षको यात्रा लामो नभए पनि जिम्मेवारी,कर्तव्य र राष्ट्र भक्ति ठूलो भएकोले यसलाई सबैले मनन गर्नुपर्ने बताउदै सशस्त्र प्रहरी बलले सिमा सुरक्षा,राजस्व चुहावट नियन्त्रण, दैवी विपत्तिमा परेकालाई उद्दार जस्तो महत्त्वपूर्ण काम गर्दै आएकोमा शिक्षालयको उन्नति र प्रगतिको कार्यमा सहयोग पुर्याउनु हामी सबैको परम कर्तव्य रहेको पनि धारणा राख्नुभयो।
सो अवसरमा बर्दघाट नगरपालिका का प्रमुख शम्भुलाल श्रेष्ठले सशस्त्र प्रहरी बल सिमा सुरक्षा तालिम शिक्षालयले विकास निर्माण र सरसफाइ कार्यमा नगरपालिकालाई सहयोग गर्दै आएको बताउदै नगरपालिकाको सौन्दर्यीकरणमा पुर्याएको योगदान सराहनीय रहेको धारणा राख्नुभयो।


उहाँले विपत व्यवस्थापन लगायत कार्यमा सहयोग पुर्याउन पालिका अन्तर्गतका २४ युवाहरुलाई तालिम दिई दक्ष बनाइने कार्यमा शिक्षालयको योगदान सराहनीय रहेको जिकिर गर्नुभयो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले शिक्षालय विशेष परिस्थिति र विशेष कामको लागि स्थापना भएको संगठन रहेकोले आफ्नो स्थापना कालदेखि नै आफ्नो जिम्मेवारी र कर्तव्यप्रति तल्लीन रहेको धारणा राख्दै सिमा सुरक्षा,राजस्व संकलनमा सहयोग,विपतको समयमा पुर्याएको योगदान बारे पनि मनन गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा भएको विभिन्न खेलकुद प्रतियोगिता तर्फ प्रथम हुने जवानहरुलाई कदरपत्र सहित सम्मान गरिएको थियो।सो अवसरमा महिला र पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको जानकारी गराइएको थियो।

वि.सं.२०६१ मार्ग १६ गते मन्त्री स्तरको निर्णयअनुसार पोखरा,लामापाटनबाट नवलपरासी जिल्लाको माकर गा.वि.स. (हाल बर्दघाट नगरपालिका) वडा न.४ बर्दघाटमा पुनः स्थानान्तरण भइ सशस्त्र प्रहरी बल युक्ति तालिम महाविद्यालय बर्दघाट नवलपरासीको नामबाट कार्य सम्पादन गर्दै आइरहेकोमा २०७५/०२/१७ गते मन्त्री परिषदको निर्णयअनुसार सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीको नामबाट कार्यसम्पादन हुँदै आइरहेको पनि कार्यक्रममा जानकारीमा आएको छ ।

रजत महोत्सवमा शिक्षालयका समादेशक तिर्थराज पौडेलले उपस्थित सबै आगन्तुकहरुलाई कृतज्ञता सहित धन्यवाद ज्ञापन गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित