Rashtriya Dainik

पुर्वी नवलपरासीकाे विनयी त्रिवेणी ७ मा सिमा सुरक्षा सहजीकरणको बैठक

आरपि उपाध्याय / नवलपुर ,२६ बैशाख

पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ मा सिमा सुरक्षा सहजीकरणको बैठक शुक्रबार सम्पन्न भएको छ।
विनयी त्रिवेणी ७ का वडा अध्यक्ष उमेश कार्कीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो।

सिमा सुरक्षा सहजीकरणको बैठकले सिमा क्षेत्रमा देखापरेका स्थानीय समस्याहरुलाई स्थानीय स्तरबाटै समाधान गर्ने र वडा न.६ र ७ मा भन्सारबाट ल्याइने प्रतिबन्धित सामानहरुको बारेमा माइकिङ गरिएको भए पनि भन्सार नियम अनुसार कार्य गर्ने निर्णय भएको सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बिओपीले जानकारी दिएको छ।

त्यसैगरी बैठकले सशस्त्र प्रहरी बल त्रिवेणी बिओपीको जिम्मेवारी ईलाका दशगजा सिमा क्षेत्र नारायणी नदीले छुट्याए पनि बिओपीको त्रिवेणीदेखि रेवासम्म विशेष ड्युटी परिचालन गरि उक्त क्षेत्रबाट हुने चोरी निकासीको सुक्ष्म निगरानी गर्ने लगायतको निर्णय भएको छ।

बैठकमा गण्डक ब्यारेज नाकामा अव्यवस्थित बस र अटो पार्किङलाई व्यवस्थित गर्ने बारे सुरक्षा निकायको ध्यानाकर्षण गरिएको थियो।

कार्यक्रममा सिमा सुरक्षा सहजीकरण समितिका पदाधिकारी,सदस्य, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको सशस्त्र प्रहरी बल त्रिवेणी बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मङ्गल सिंह धामीले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित