बिरगंज २४ बैशाख
बौधिसत्व बिहार , बुढानिलकण्ठ, काठमाडौंको आयोजनामा पर्सा जिल्लाको कौवाबन तथा बिन्दबासनी केहुनिया गाउँको दलित तथा सीमान्तकृत बालबालिकाको लागि ब्याग, कापीकलम, चाउचाउ , बिस्कुट वितरण तथा खाना खुवाउने कार्य गरिएको छ।
यो कार्यक्रम आदरणीय डाक्टर पिया रतन महर्जन ज्युको प्रमुख अतिथित्यता भएको छ। बौधिसत्व बिहार, बुढानिलकण्ठ, काठमाडौंले विगतको वर्ष देखि मधेश प्रदेशमा दलित तथा सीमान्तकृत , विपन्न बालबालिकाको लागि कार्य गर्दै आएको छ। डाक्टर पिया रतन महर्जन ज्युले पर्सा जिल्ला र मधेश प्रदेशमा कापीकलम , न्यानो लुगा कपडा , शैक्षिक सामग्री तथा मानवीय सेवा गर्नुभएको छ।
पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-३, कौवाबन गाउँको मुसहर बस्तीको १२० जना बालबालिकाको लागि कापीकलम चाउचाउ , बिस्कुट वितरण तथा बालबालिकालाई खाना खुवाउने कार्य गरिएको छ। त्यसैगरी पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा-१९, केहुनिया बिन्दबासनी गाउँको २०० जना बालबालिकाको लागि ब्याग – झोला , कापीकलम , चाउचाउ , बिस्कुट वितरण गरिएको छ।
पर्सा जिल्लाका दलित तथा सीमान्तकृत समुदायका बालबालिकालाई लक्षित गर्दै शैक्षिक सामग्री तथा खाद्यान्न सहयोग वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा बालबालिकाहरूलाई विद्यालय शिक्षामा थप उत्साहित गर्ने उद्देश्यले विद्यालय ब्याग, कापी, कलम, चाउचाउ तथा बिस्कुट वितरण गरिएको थियो।
कार्यक्रममा स्थानीय अभिभावक, समाजसेवी, शिक्षक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता सहयोगात्मक कार्यक्रमले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको शिक्षामा सकारात्मक प्रभाव पार्ने बताएका छन्।
आयोजक संस्थाले शिक्षा सबै बालबालिकाको मौलिक अधिकार भएको उल्लेख गर्दै दलित तथा सीमान्तकृत समुदायका बालबालिकालाई शिक्षामा पहुँच बढाउन निरन्तर सहयोग गरिने जनाएको छ। साथै, बालबालिकाको पठनपाठनमा सुधार ल्याउने उद्देश्यले आगामी दिनमा पनि विभिन्न शैक्षिक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ।
कार्यक्रममा सहभागी बालबालिकाहरू सहयोग सामग्री पाउँदा निकै उत्साहित देखिएका थिए। स्थानीय समुदायले पनि यस्ता मानवीय तथा शैक्षिक सहयोग कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्।
स्थानीय सहजीकरण पिसफोर फोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज राम ज्यु गर्नुभएको छ। यस कार्यक्रममा फाउन्डेसनको सचिव दिपेन्द्र राम , सदस्य बिनोद राम उपस्थिति रहेकोे छ तथा सुभद्र देवी थिन ज्युको जन्म दिन पनि बालबालिकाको साथमा मनाएको छौ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

