बिनोद निगम / नवलपरासी, १६ वैशाख
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१० लण्डनब्रिजस्थित संगम रुफटप रेष्टुरेन्ट एण्ड खाजाघरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान करिब ११ बजे उक्त रेष्टुरेन्टमा गरेको चेकजाँचका क्रममा प्रतिबन्धित MD Synthetic Drugs ४ प्याकेट (कुल २०८.१६० मिलिग्राम) बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
पक्राउ पर्नेमा बर्दघाट नगरपालिका-१० लण्डनब्रिज निवासी ६१ वर्षीय धनलाल चापागाई र सुस्ता गाउँपालिका–५ निवासी ३३ वर्षीय स्तकार हुसेन रहेका छन्।
उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बीर दत्त पन्तले जानकारी दिएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

